लमजुङ–लमजुङको दोर्दी गाउँपालिका–७ मा रहेको रहेको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल मेमेपोखरीमा धर्मशाला निर्माण गरिएको छ । आर्थिक वर्ष ०८०/०८१ मा १२ लाख विनियोजन गरी मेमेपोखरीमा धर्मशाला निर्माण गरिएको दोेर्दी गाउँपालिकाका उपाध्यक्ष विच्छबहादुर घलेले जानकारी दिनुभयो ।
पर्यटन प्रवद्र्धनका साथै मेमेपोखरीसम्म पुग्ने पर्यटक, तीर्थयात्रीहरुलाई बास बस्न, थकान मेटाउन सहज हुने उद्धेश्यका साथ स्थानीय काठ, ढुंगा र जस्ताको पयोग गरी धर्मशाला निर्माण गरिएको उहाँले बताउनुभयो । धर्मशाला तीस मिटर लम्बाइको रहेको छ ।
दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले धर्मशाला निर्माण भएसंगै धार्मिक पर्यटकीय स्थल मेमेपोखरीमा अध्ययन अवलोकन, मनोरञ्जनका लागि जानेहरुको लागि निकै सहज हुने विश्वास लिईएको बताउनुभयो ।
समुद्री सतहबाट झण्डै चार हजार पाँच सय मिटर उचाइमा रहेको मेमेपोखरीमा वर्षको एकपटक जनैपूर्णिमामा ठूलो धार्मिक मेला लाग्ने गर्दछ । मेला भर्नका लागि धेरै संख्यामा तीर्थयात्रीहरु त्यहाँ पुग्छन् । यस क्षेत्रमा पुगी स्नान गरेमा मनोकांक्षा पुरा हुने धार्मिक विश्वास छ ।
यहाँ चैत देखी असोजसम्म पर्यटन पुग्ने गर्छन् । कार्तिकदेखी यस क्षेत्रमा पुरै हिउँले ढाक्छ । हिमालचुली हिमाल जाने बाटो पनि यसै क्षेत्रमा पर्ने भएकाले यसको थप विकास, प्रचारप्रसार हुन सकेमा पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने गाउँपालिकाका उपाध्यक्ष घलेले बताउनुभयो ।

एक दशक बढी समयदेखी रेडियो, टेलिभिजन र अनलाइन पत्रकारितामा निरन्तर क्रियाशिल श्यामशितल समुन्नति अनलाइनका लागि प्रधान सम्पादक हुनुहुन्छ ।
लेखकबाट थप
प्रतिक्रिया दिनुहोस