२०८३ कार्तिक १, शनिबार | Sat, 17, Oct, 2026

कालिमाटी–कुन्छा सडकखण्डको स्तरोन्नती कार्य सुरु

  • २०८१ श्रावण ७, सोमबार मा प्रकाशित २ साल अघि
  • तनहुँ–तनहुँको कालिमाटी देखी लमजुङ तनहुँको सिमाना कुन्छा जोड्ने सडकको स्तरोन्नती कार्य सुरु भएको छ । तीन दशक अगाडि रेखांकन यस सडक योजनाको अहिले स्तरोन्नती कार्य सुरु भएको हो ।

    पहिलो चरणमा भानु नगरपालिका–११ मानेचौका बजारबाट आयुर्वेद चोकसम्म कालोपत्रे गरिएको भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो । लामो समयसम्म सडकको स्तरोन्नती हुन नसकेको र नगर गौरवको आयोजनामा नै यस सडकलाई समावेश गरी सडक स्तरोेन्नती कार्य अघि बढाइएको उहाँले उल्लेख गर्नुभयो ।

    उहाँका अनुसार भानु नगर स्तरीय कार्यक्रम गौरवको योजना अन्तर्गत आर्थिक वर्ष २०८०÷०८१ मा ९८ लाख रुपैयाँ विनियोजन गरिएको थियो । आफ्नो चुनावी प्रतिवद्धताअनुसार भानु नगरपालिका मात्रै नभएर लमजुङ र तनहुँ जोड्ने यस सडकखण्डको स्तरोन्नती कार्य अघि बढाइएको उहाँले बताउनुभयो ।

    आफ्नो कार्यकालमा नगरपालिका, प्रदेश सरकार र संघ सरकारसंगको समन्वयमा यस सडकको पुरै खण्ड कालोपत्रे गरिसक्ने लक्ष्य लिइएको उहाँले बताउनुभयो ।
    सडक स्तरोन्नती भएसंगै सवारी आवत–जावतमा सहज हुनेछ ।

    प्रतिक्रिया दिनुहोस


    ↑