२०८३ भाद्र १६, मंगलबार | Tue, 01, Sep, 2026

राज–शान्तिको प्रस्तुतीमा मनैछुने मौलिक तीज गीत ‘हाइ गोरी’

  • २०८१ श्रावण २, बुधबार मा प्रकाशित २ साल अघि
  • हिन्दु नारीहरुको महान पर्व, हरितालिका तीज । यस पर्व नजिकिदैँ गर्दा नेपाली सांगीतिक बजारमा अहिले प्राय : दिनहुँजसो तीजका विभिन्न गीतहरु सार्वजनिक भइरहेका छन् । तीज नजिकिदैँ गर्दाको मेसोमा राजशान्ति (राजकुमार सुनार)को प्रस्तुतीमा मौलिक तीज गीत ‘हाइ गोरी…’ दर्शक–श्रोतामाझ आएको छ ।

    यस गीतका प्रस्तुतकर्ता राज–शान्ति (राजकुमार सुनार) लमजुङको सुन्दरबजार नगरपालिका–९ फूलबारी निवासी हाल बेलायतमा हुनुहुन्छ । लामो समय बेलायती सेनामा कार्यरत राजशान्ति अहिले ‘राजशान्ति फाउण्डेसन’मार्फत मौलिक गीत–संगीतका साथै विभिन्न सामाजिक सेवाका क्षेत्रमा निरन्तर क्रियाशिल हुनुहुन्छ ।

    पछिल्लो समय तीज गीतमा मौलिकता हराउँदै गएको अवस्थामा आफुहरुले मौलिक तीज गीत बजारमा ल्याएको प्रस्तुतकर्ता राजशान्तिले बताउनुभयो । यस गीतले दर्शक–श्रोताको मन जित्नेमा आफुहरु ढुक्क रहेको उहाँले बताउनुभयो ।

    चिजामाया भण्डारीको मौलिक सिर्जना, बिवेक धितालको शब्द रचना रहेको यस गीतमा गायक विवेक धिताल, गायिका चिजामाया भण्डारी, रमना भण्डारी र राधा भण्डारीले सुमधुर आवाज भरेका छन् ।

    लमजुङे चेली धुपा दुराको अभिनय रहेको यस गीतको म्युजिक भिडियोको निर्देशन स्मृती तिमल्सिनाले गर्नुभएको हो । यस गित विवेक धिताल नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस