२०८३ अषाढ ३२, बिहिबार | Thu, 16, Jul, 2026

नेपाली कांग्रेस विरासत बोकेको सबैको साझा र समावेशी पार्टी हो : सह–महामन्त्री जीवन परियार

  • २०८१ जेष्ठ २६, शनिबार मा प्रकाशित २ साल अघि
  • नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले नेपाली कांग्रेस विरासत बोकेको पार्टी रहेको बताउनुभएको छ । नेपाली कांग्रेस सुन्दरबजार नगर कार्य समितिको आयोजना एवं नेपाली कांग्रेस जिल्ला कार्य समिति प्रशिक्षण शाखाको प्राविधिक सहयोगमा शनिबार भोटेओडारमा आयोजित ‘नेपाली कांग्रेसको सैद्धान्तिक पक्ष विगत, वर्तमान र भावी रणनीति विषयक प्रशिक्षण’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

    प्रतिनिभि सभाका सदस्य समेत रहनुभएका नेता परियारले नेपाली काँग्रेसले हरेक किसिमका क्रान्तिको अगुवाई गरेको उल्लेख गर्दै महिला, दलित, अल्पसंख्यक र पिछडिएका वर्गलाई नेपाली काँग्रेसले हरेक क्षेत्रमा स्थापना कालदेखी नै प्रतिनिधित्व गराउँदै आएको बताउनुभयो ।
    काँग्रेस मात्र सबैको साझा र समावेशी पार्टी रहेको उहाँको भनाइ छ ।

    प्रशिक्षणमा उहाँले नेपाली कांग्रेसको सैद्धान्तिक पक्ष विगत, वर्तमान र भावी रणनीतिको बिषयमा जानकारी गराउनुभएको हो ।
    नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री बिष्णुप्रसाद लामिछानेले पार्टीको प्रभावकारिताको लागि नेतृत्व, विचार, विधान र संगठनका बारेमा प्रशिक्षण दिनुभएको हो ।

    लामिछानेले संघ, प्रदेश, स्थानीय तहको ऐन, कानुन, पार्टी विधान, जनप्रतिनिधि तथा संगठन बीचको अन्तर सम्बन्धका बारेमा पनि कार्यकर्ताहरुलाई जानकारी गराउनुभएको थियो ।

    प्रशिक्षणमा प्रदेश, स्थानीय तहका जनप्रतिनिधि, पूर्व पार्टी सभापति, पार्टीका विभिन्न भातृ तथा शुभेच्छुक संस्थाका नेताका साथै स्थानीय कार्यकर्ताहरुको उलेख्य उपस्थिती रहेको थियो ।

    नगरकार्य समिति सभापति प्रकाश सेढाइँको सभापतित्वमा भएको कार्यक्रममा नगर उपसभापती चन्द्र कुमारी गुरुङले स्वागत गर्नुभएको हो । औपचारिक कार्यक्रमको संचालन नगर कार्य समिति सचिव अमोल खनाल र कार्यकर्ता प्रशिक्षण कार्यक्रमको संचालन जिल्ला प्रशिक्षण शाखा उप–संयोजक विजय गुरुङले संचालन गर्नुभएको हो ।

    लेखकको बारेमा

  • एक दशक बढी समयदेखी रेडियो, टेलिभिजन र अनलाइन पत्रकारितामा निरन्तर क्रियाशिल श्यामशितल समुन्नति अनलाइनका लागि प्रधान सम्पादक हुनुहुन्छ ।

    लेखकबाट थप
  • प्रतिक्रिया दिनुहोस