
गीतकार, संगीतकार तथा गायक सुनिल गिरीको मर्मस्पर्शी गीत ‘चरक्कै’ सार्वजनिक भएको छ । गीतलाई स्रोता–दर्शकले रुचाएका छन् । गिरीकै शब्द\संगीत\श्वर रहेको यस गीतमा भूपू पाण्डेले अतिरिक्त श्वर भर्नुभएको छ ।
सुनिल गिरीकै कथा, परिकल्पना र निर्देशनमा तयार पारिएको गीतको म्युजिक भिडियोमा गणेशमान घले र जुना गुरुङले जीवन्त अभियन गर्नुभएको छ । साथै म्युजिक भिडियोमा सुमित्रा गुरुङ, नरमान तामाङ र दिलमाया तामाङको पनि अभिनय देख्न सकिन्छ ।
गीतकोे भिडियोमा रुवी भ्यालीकोे प्राकृतिक सौन्दर्यलाई समेटिएको छ । भिडियोको छायांकन विवेक विकले गर्नुभएको हो । सम्पादन\रंग संयोजन भने मनोज कार्कीले गर्नुभएको छ ।
मााया, प्रेम, मिलन, विछोडका साथै मेलापात, उकाली–ओराली, गाउँबेसीका परिवेशलाई आफ्ना सिर्जनामा पस्कने रुचाउने सर्जक सुनिल गिरीका रोगै पिरती, झरी परेको रात, को होला त्यो, सोल्टिनी भनी बोलाको, सोल्टिनी क्या राम्री, तिमी आयौ, कस्तो यो मन, घुम्तीमा जुध्यो आँखा लगायतका दर्जनौ गीत स्रोता–दर्शकमाझ ‘हिट’ छन् ।
प्रतिक्रिया दिनुहोस