
नेपाली गीत–संगीत क्षेत्रमा लामो समयदेखी क्रियाशिल गायिका सुधा रत्नको ‘माया बस्दै’ बोेलको गीत सार्वजनिक भएको छ । नवीन रावलको शब्द\संगीत रहेको यस गीतमा सुधा रत्न र नवीन रावलले मधुर श्वर भर्नुभएको छ ।
नाचौँ नाचौँ लाग्ने प्रेमिल भावले भरिपूर्ण यस गीतमा बद्री विष्ट र बिना राउतले कम्मर मर्काएका छन् । बद्री विष्ट नामक युट्युब च्यानलबाट आजै सार्वजनिक भएको हो ।
यस गीतको एरेञ्ज मिक्स\मास्टरिङ रवि सुनारले गर्नुभएको हो । गीतको भिडियो नवराज उप्रेतीले खिच्नुभएको हो । सम्पादन भने मिलन विश्वकर्माले गर्नुभएको हो । भिडियोको कोरियाग्राफि\निर्देशन बद्री विष्टले गर्नुभएको हो ।

गायिका सुधा रत्नका एक सय बढि गीत रेकर्डेड् छन् । सबै खालका गीतमा उहाँले आफ्नो सुमधुर आवाज पस्कनुभएको छ ।
उहाँको गायकीलाई धेरै श्रोताले रुचाएका छन् । आगामी दिनमा दर्शक\श्रोताको रोजाइलाई ध्यानमा राखी गीत बजारमा ल्याउने उहाँले बताउनुभएको छ ।
अन्य गीतहरुलाईझैँ भर्खरै सार्वजनिक माया बस्दै बोेलको गीतलाई पनि धेरैभन्दा धेरै दर्शक\श्रोताको माया, साथ मिल्नेमा आफु ढुक्क रहेको गायिका सुधा रत्नले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस