२०८३ भाद्र १५, सोमबार | Mon, 31, Aug, 2026

‘मालेबगर खेल मैदान’को स्तरोन्नतिमा सघाउनेछु : डा. टकराज गुरुङ

  • २०८० पौष २९, आईतबार मा प्रकाशित २ साल अघि
  • लमजुङ–नेपाली कांग्रेस लमजुङका सभापति एवं गण्डकी प्रदेश सभा सदस्य डाक्टर टकराज गुरुङले चितीको मालेबगर खेल मैदान स्तरोन्नतिमा सघाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

    लमजुङको बेसीशहर नगरपालिका–११ चिती रामचोकबेसीस्थित माले बगर खेल मैदानमा आयोजित ‘तेश्रो माघि मेला एवं खुला फुटबल प्रतियोगिता’को आइतबार उद्घाटन गर्नुहुँदै डाक्टर गुरुङले यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको होे ।

    खेल क्षेत्रको विकासका साथै दुरदराजमा रहेका खेल प्रतिभाको प्रष्फुटन गर्नका लागि खेल मैदान आवश्यक हुने र माले बगरको खेल मैदानको थप स्तरोन्नतिमा आफ्नो तर्फबाट सदैव सहयोग पुर्याउने डाक्टर गुरुङले उल्लेख गर्नुभयो ।

    ‘अहिले यहाँ सेभेन ए साइडको खेलमैदान छ । यसलाई एलाभेन ए साइड खेल मैदान बनाउन मेरोे ठाउँबाट सक्दो सहयोग, पहल र समन्वय हुनेछ । खे मैदान स्तरोन्नतिसंगै यस क्षेत्रको खेलकुद विकासमा टेवा पुग्ने विश्वास लिएको छु,’ डाक्टर गुरुङले भन्नुभयो । यस्तै, समग्र जिल्लाको विकास साथै खेल क्षेत्रको प्रवद्र्धनमा पनि आफु जुटिरहने उहाँले उल्लेख गर्नुभयो ।

    क्लवका अध्यक्ष एलएक्सजंग भुजेलको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा नेपाली कांग्रेस लमजुङका सचिव कृष्णबहादुर अधिकारी, नेपाली कांग्रेस जिल्ला कार्य समिति, लमजुङका सदस्य सुरेशबाबुु पाण्डे, नेपाली कांग्रेस चितीका सभापति रामु पन्त, सचिव लेखनाथ शर्मा, बेसीशहर नगरपालिका ११ का वडा सदस्य विजय सेढाइँ, जमुना श्रेष्ठ लगायत खेलप्रेमीहरुको उलेख्य सहभागिता रहेको थियो ।

    स्थानीय समाजसेवा युवा क्लवको आयोजनामा संचालित फुटबल प्रतियोगितामा ८ फुटबल समूह सहभागी छन् ।

    प्रतिक्रिया दिनुहोस