२०८३ अषाढ ३२, बिहिबार | Thu, 16, Jul, 2026

लमजुङकी प्रतिमा गुरुङ ‘मानव अधिकार तथा वातावरणीय पुरस्कार’बाट सम्मानित हुँदै

  • २०८० मंसिर २८, बिहिबार मा प्रकाशित २ साल अघि
  • लमजुङ-लमजुङको राइनास नगरपालिका–१० निवासी प्रतिमा गुरुङले ‘संयुक्त राष्ट्रसंघ मानव अधिकार तथा वातावरणीय पुरस्कार’ प्राप्त गर्नु हुने भएको छ ।

    सन् २०२२ मा राष्ट्रिय मानव अधिकार आयोग–नेपालबाट राष्ट्रिय मानव अधिकार २०२२ वर्ष पुरस्कार र सन् २०२३ मा ७५ देशका १ हजार तीन सय ५० भन्दा बढी संस्थाहरू, नागरिक समाज, आदिवासीका संस्थाहरू, विशेषज्ञहरू मिलेर ग्लोबल गठबन्धनको प्रतिनिधित्व र एशियाको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्रसंघ मानव अधिकार तथा वातावरणीय पुरस्कार आगामी डिसेम्बर १५ सन् २०२३ मा संयुक्त राष्ट्रसंघको मुख्यालयमा प्रतिमा गुरुङले प्राप्त गर्दै हुनुहुन्छ ।

    यस संस्थाले ‘स्वच्छ, स्वस्थ र दीगो वातावरणको अधिकारको विश्वव्यापी मान्यता’ वकालत गर्दछ । यस अधिकारको ऐतिहासिक मान्यता प्राप्त गर्न ग्लोबल गठबन्धनले महत्वपूर्ण भूमिका खेलेको छ ।

    ‘मानव अधिकार परिषद्ले ८ अक्टोबर २०२१ मा प्रस्ताव ४८\१३ मार्फत यसलाई स्वीकार गर्यो । जसलाई संयुक्त राष्ट्रसंघको साधारण सभाले २८ जुलाई २०२२ मा प्रस्ताव ७६\३०० पारित गरेपछि गठबन्धनको एक हिस्सा हुनु र यो पुरस्कार प्राप्त गर्न एशियाबाट चयन हुनु मेरो लागि ठूलो सम्मान हो । यसले सामाजिक सेवाका क्षेत्रमा अगाडि बढ्न झनै प्रेरणा प्रदान गरेको छ,’ उहाँले भन्नुभयो ।

    स्थानीय देखी विश्वव्यापी क्षेत्रसम्मको सम्मान गर्दै आफ्ना पुर्खा, अग्रज, विश्वभरका आदिवासी, अपांगता भएका व्यक्ति, आफ्नो समुदाय र सहकर्मीप्रति सम्मान सम्मान भाव व्यक्त गर्दै उहाँले यसले आफु र आफ्नो कामको लागि विश्वव्यापी समन्वय निर्माण गरेको उल्लेख गर्नुभयो ।

    नेपाली कांग्रेस लमजुङका सभापति एवं गण्डकी प्रदेश सभा सदस्य डाक्टर टकराज गुरुङको धर्मपत्नी गुरुङले अपांगता भएका व्यक्तिहरुका साथै पछाडि परेका समुदायको हक–हितमा निरन्तर काम गर्दै आउनुभएको छ ।

    गुरुङ अपांगता राष्ट्रिय निर्देशन समितिको विषय विज्ञ समेत हुनुहुन्छ । उप–प्राध्यापक समेत रहनुभएकी गुरुङ यसअघि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठित पुरस्कारबाट पुरस्कृत एवं सम्मानित भइसक्नुभएको छ ।

    प्रतिक्रिया दिनुहोस