२०८३ भाद्र १५, सोमबार | Mon, 31, Aug, 2026

लमजुङको सुन्दरबजार र राइनास नगरपालिकामा भोली सार्वजनिक बिदा

  • २०८० मंसिर ६, बुधबार मा प्रकाशित २ साल अघि
  • लमजुङ–लमजुङको सुन्दरबजार नगरपालिकाले हरिबोधनी एकादशीका दिन सार्वजनिक बिदा दिएको छ ।

    मंसिर ५ गते बसेको आर्थिक वर्ष २०८०\०८१ को पाँचौ कार्यपालिका बैठकले भोली (बिहिबार) हरिबोधनी एकादशीका दिन सुन्दरबजार नगरपालिका क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय भएको सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

    यस निर्णयसंगै एकादशीका दिन नगरपालिका कार्यालय, वडा कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य तथा मातहतका कार्यालयहरु बन्द रहने उहाँले बताउनुभयो ।

    हरिबोधनी एकादशीका दिन सुन्दरबजार नगरपालिका–७, पाउँदीस्थित कर्मदा नदिका शिवजी मन्दिर परिसरमा ठूलो एकादशी मेला लाग्ने गर्दछ । मेला भर्न यहाँ बर्सेनी हजारौँ भक्तजनहरु आउने गर्दछन् ।

    यसैगरी, राइनास नगरपालिकाको कार्यपालिका बैठकले एकादशीका दिन भोली (बिहिबार) सार्वजनिक बिदा दिने निर्णय गरेको राइनास नगरपालिकाका प्रमुख खड्गबहादुर गुरुङले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस