
आजदेखि यमपञ्चक अर्थात् तिहार शुरु भएको छ । यमपञ्चकको पहिलो दिन आज कागतिहार परेको छ । कात्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइने गरिन्छ ।
यस्तै, आज कात्तिक कृष्ण त्रयोदशीका दिन बेलुकी यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।
यसवर्ष तिथिको घटबढका कारण भोलि कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको छ । गाईपूजा पर्सि सोमवार परेको छ ।
गोरुपूजा, हलि तिहार, गोवद्र्धन पूजा, बलीपूजा र आत्म अर्थात् म्हपूजा मंगलबार परेको छ । कात्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र म्हपूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ ।
भाइटीका बुधवार परेको छ । बुधवार बिहान १० बजेर ५१ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस