२०८३ आश्विन ३०, शुक्रबार | Fri, 16, Oct, 2026

लमजुङ : मस्र्याङ्दी नदी किनारामा विपद् प्रतिकार्य नमूना अभ्यास (फोटो-फिचर)

  • २०८० कार्तिक २०, सोमबार मा प्रकाशित २ साल अघि
  • लमजुङ–लमजुङको बेसीशहर नगरपालिका–१, उदीपुरस्थित मध्यमस्र्याङ्दी जलविद्युत केन्द्रको ड्याम इलाकामा प्रदेशस्तरीय विपद् प्रतिकार्य नमूना अभ्यास गरिएको छ । गण्डकी प्रदेश सरकार, श्री पश्चिम पृतना हेडक्वाटरको सहकार्य, समन्वय तथा चण्डीप्रसाद गणको संयोजनमा सोमबार ‘विपद् नमूना अभ्यास’ प्रदर्शनी गरिएको हो ।

    गाइखुरे झरनास्थित मस्र्याङ्दी नदी किनारामा अस्याथी संरचना बनाइ आगलागी भुकम्प लगायतका विपद्मा गरिने खोज, उद्धार र उपचारका विषयमा केन्द्रीत रही नमूना अभ्यास प्रदर्शन गरिएको थियो ।


    गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशले विगतमा पनि थुप्रै प्राकृतिक विपद्को सामना गर्दै आएको बताउँदै हरेक विपद्मा परेका नागरिकको सुरक्षाका लागि गण्डकी प्रदेश सरकार सदैव सचेत रहेको उल्लेख गर्नुभयो ।


    गण्डकी प्रदेशमा सम्भावित विपद् जोखिम रोकथाम, नियन्त्रण र विपद्पछिको उद्धार, राहत तथा पुनस्र्थापनामा गण्डकी प्रदेश सरकार सदैव प्रतिवद्धताका साथ अगाडि बढ्दै आएको बताउनुभयो ।

    यस्तै, गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले विप्द जोखिम न्यूनीकरण, रोकथाम र नियन्त्रणका साथै विपद्पछिको खोज, उद्धार र राहतमा स्थानीय तहलाई सक्षम बनाउने गरी गण्डकी प्रदेश सरकारले समन्वय गर्दै आएको बताउनुभयो ।


    यस्तै, श्री पश्चिम पृतनाका पृतनापति उपरथी दीपककुमार बानियाँले नेपाली सेनाले संविधान प्रदत्त कुराहरुलाई आत्मसत् गरी विभिन्न प्रकाकार विपद्को समयमा खोज, उद्धारमा आफ्नो भूमिका प्रभावकारी रुपमा निर्वाह गर्दै आएको बताउनुभयो ।

    लमजुङका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले विगतमा पनि थुप्रै विपद्को सामना गरेको लमजुङले विपद् रोकथाम, नियन्त्रणका साथै विपद्पछिको उद्धार, राहतमा सबैसंगको सहकार्य, समन्वयमा काम गर्दै आएको जानकारी गराउनुभयो ।

    यस्ता विपद् प्रतिकार्य नमूुना अभ्यास जिल्लामा विगतमा पनि सञ्चालन भएका र यस्ता कार्यहरुले समुदायमा सचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।


    नमूना अभ्यासमा नेपाली कांग्रेस लमजुङका सभापति एवं गण्डकी प्रदेश सभा सदस्य डाक्टर टकराज गुरुङ, गण्डकी प्रदेश सभा सदस्य भेषबहादुर पौडेल लगायतका जिल्लाका विभिन्न पालिकाका प्रमुखहरु, विद्यार्थी, आमा समूह लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

    लेखकको बारेमा

  • एक दशक बढी समयदेखी रेडियो, टेलिभिजन र अनलाइन पत्रकारितामा निरन्तर क्रियाशिल श्यामशितल समुन्नति अनलाइनका लागि प्रधान सम्पादक हुनुहुन्छ ।

    लेखकबाट थप
  • प्रतिक्रिया दिनुहोस


    ↑