२०८३ भाद्र १६, मंगलबार | Tue, 01, Sep, 2026

मनकामना केबलकार आजदेखि नियमित सञ्चालनमा

  • २०८० कार्तिक ९, बिहिबार मा प्रकाशित २ साल अघि
  • मनकामना केबलकार आजदेखि नियमित सञ्चालनमा आएको छ ।

    दशैँमा नवमी, दशमी र एकादशीका दिन बन्द गरिएको केबलकार आज (बिहिबार)देखि नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्जवल शेरचनले जानकारी दिनुभयो ।

    प्रसिद्ध धार्मिकस्थल मनकामना माता माईको मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना–४ कुरिनटारबाट १० मिनेटमा पुग्ने गरी वि. सं २०५५ सालमा स्थापना गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो ।

    प्रतिक्रिया दिनुहोस