२०८३ कार्तिक १, शनिबार | Sat, 17, Oct, 2026

यौन जीवन सुखमय बनाउन खानुहोस् यी फलफूल !

  • २०८० कार्तिक ८, बुधबार मा प्रकाशित २ साल अघि
  • रोमाञ्चक डेट र क्याण्डल लाइट डिनरले मात्रै प्रेमसम्बन्ध सुमधुर बनाउँदैन । स्वस्थ जीवनशैली, खानेबानी र व्यायामले पनि प्रेम जीवनमा उत्तिकै भूमिका खेलेको हुन्छ ।

    यौन जीवनलाई लिएर जोडीहरुले निक्कै कुरा सोचेका हुन सक्छन् । आफूले सोचेको जस्तो यौन जीवनका लागि केहि खानेकुराले महत्वपूर्ण भूमिका खेल्दछ ।

    निश्चित खाना र पौष्टिक तत्वले यौन चाहना बढाउने र स्वस्थ यौन जीवनमा मद्धत गर्ने अमेरिकी यौनविशेषज्ञको भनाइ छ । त्यसो भए यौन जीवनमा महत्वपूर्ण भूमिका खेल्ने खाना के–के हुन त ?

    स्ट्रबेरी
    स्ट्रबेरी सेवनले तपाईको यौन जीवनमा महत्वपूर्ण भूमिका खेल्दछ । स्ट्रबेरी सेवनले महिला र पुरुष दुवैमा सरल रक्तसञ्चार गर्न सहयोग गर्दछ ।
    यौन सुखका लागि सरल रक्तसञ्चारले महत्वपूर्ण भूमिका खेल्दछ ।

    स्ट्रबेरीमा प्रशस्तै ‘एण्टिअक्सिडेण्ट’ पाइन्छ, जुन मुटुको स्वास्थ्यको लागि एकदमै अनुकूल प्रमाणित भएको छ । एण्टिअक्सिडेण्टले पुरुषहरूको शुक्रकीट उत्पादन क्षमतामा वृद्धि गर्ने विभिन्न अध्ययनले देखाएको छ।

    एभोकाडो
    यो सुपरफ्रूटमा प्रशस्तै भिटामिन–ई पाईन्छ । जसमा एण्टिअक्सिडेण्टको विशेषता हुन्छ ।

    एभोकाडो सेवनले तपाईलाई मुटु रोगबाट बचाउँछ । एक अध्ययनले मुटुरोगी पुरुषमा लिङ्ग उत्तेजना नहुने समस्या देखिने तथ्य सार्वजनिक गरेको थियो । एभोकाडो सेवनले मुटु रोगबाट बचाउने भएकाले यौन जीवनमा पनि फलदायी सावित भएको छ ।

    बदाम
    बदाममा जिङ्क, सेलेनियम र भिटामिन–ई पाइन्छ । जुन एक प्रकारको भिटामिन र खनिज पदार्थ हो र मानिसको यौन स्वास्थ्य र प्रजनन स्वास्थ्यका लागि यी पदार्थहरू फाइदाजनक सावित भएका छन् ।

    सेलेनियमले बाँझोपनाको समस्याबाट राहत दिन्छ भने भिटामिन–ई ले यौनचाहना बढाउँदछ । जिङ्कले पुरुषहरूमा यौन हरमोनको विकास गराउँदछ ।

    प्रतिक्रिया दिनुहोस


    ↑