
लमजुङ–संस्कृतिप्रेमी डम्मरबहादुर (लेम) गुरुङद्धारा लिखित ‘तमु संस्कृति गीति संग्रह ‘इलुङट्हुकुर ओरोेच्हयोरो’ (तमु संस्कार संस्कृति गीति संग्रह) नामक पुस्तक विमोचन गरिएको छ ।
नेपाली कांग्रेस लमजुङका सभापति एवं गण्डकी प्रदेश सभा सदस्य डाक्टर टकराज गुरुङले कोल्कीमा आयोजित एक समारोहका बीच सो गीति संग्रह विमोचन गर्नुभएको हो ।

गीति संग्रह विमोचन समारोहलाई सम्बोधन गर्नुहुँदै डाक्टर गुरुङले पछिल्लो समयमा आधुनिकताको नाममा मौलिक कला, परम्परा संस्कृति हराउँदै जान थालेकामा चिन्ता व्यक्त गर्नुभयो ।
हाम्रा अमूल्य भाषा, धर्म, संस्कार, संस्कृति जोगाउन सकेमा मात्र हाम्रो आफ्नै पहिचान र अस्तित्व रहने उहाँले बताउनुभयो ।
‘यदि हाम्रा भाषा, साहित्य र संस्कृति जोगाउन सकिएन भने हाम्रो पहिचान र अस्तित्व बिलिन हुन पुग्छ । त्यसैले यसको संरक्षणमा हामी सबै एक भई जुट्नुको विकल्प छैन,’ उहाँले भन्नुभयो ।

यसैलाई मध्यनजर गर्दै पछिल्लो समय हराउँदै जान थालेको गुरुङ समुदायका भाषा, कला, परम्परा, संस्कृति संरक्षणका लागि लमजुङ दूधपोखरी गाउँपालिका –५ बन्सारमा जन्मनु भई हाल काठमाडौँ सूर्य दर्शन हाइट–३ टोखा निवासी समाजसेवी संस्कृतिप्रेमी आदरणीय श्री डम्मरबहादुर (लेम) गुरुङद्धारा लिखित ‘इलुङ ट्हुकुर ओरोेच्हयोरोे’ (तमु संस्कार–संस्कृति गीति संग्रह) नामक पुस्तक प्रकाशित गर्नुभएकोमा उहाँले हर्षभाव व्यक्त गर्नुभयो ।
यस पुस्तकले मौलिक कला, परम्परा, संस्कार, संस्कृति नयाँ पुस्तामाझ पुर्याउन अहम भूमिका खेल्ने र यसको संरक्षणमा यसले निकै महत्व राख्ने कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका उहाँले बताउनुभयो ।

कोेल्की समाज काठमाडौँका अध्यक्ष ढकालबहादुुर गुरुङको अध्यक्षतामा कार्यक्रम भएकोे हो । दूधपोखरी गाउँपालिका–६ का वडासदस्य भोजराज गुरुङले स्वागत गर्नुभएको कार्यक्रममा नेपाली कांग्रेस दूधपोखरी गाउँ कार्य समितिका सभापति मेदराज गुरुङ, नेकपा एमाले दूधपोखरी गाउँ कमिटिका अध्यक्ष धनबहादुर गुरुङ र हिमालय माविका शिक्षक हुमनाथ दवाडी लगायतले शुभकामना मनतव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन हिमालय माविका प्रअ दुर्गाबहादुर गुरुङले गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस