२०८३ अषाढ ३२, बिहिबार | Thu, 16, Jul, 2026

लमजुङ अर्चलबोटको कालिका मन्दिरमा ‘पोल लाइट’ जडान : धार्मिक कार्य सञ्चालनमा सहज हुने

  • २०८० आश्विन ३०, मंगलबार मा प्रकाशित २ साल अघि
  • लमजुङ–लमजुङको दोर्दी गाउँपालिका–२ अर्चलबोटस्थित लामिछाने गाउँमा रहेको धार्मिक महत्वको कालिका मन्दिरमा ‘पोल लाइट’ जडान गरिएको छ ।

    विभिन्न पर्व, अवसरमा मन्दिर परिसरमा रातको समयमा धार्मिक कार्य सञ्चालनमा सहज हुनुका साथै मन्दिरको सौन्दर्यताका लागि ‘पोल लाइट’ जडान गरिएको हो ।

    अर्चलबोट घर भइ हाल अमेरिकामा कार्यरत प्रकाश मरहट्ठाले मन्दिर परिसरमा ‘पोल लाइट’ जडान गर्न सहयोग गर्नुभएको स्थानीय युवा किशोर विकले जानकारी दिनुभयो । उहाँका अनुुसार मन्दिर परिसरमा चार वटा पोल लाइट जडान गरिएको छ ।

    यस मन्दिरमा विभिन्न पर्व, अवसरमा भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । भक्तजननहरुको सहजताका लागि स्थानीयहरुले मन्दिर परिसरमा विभिन्न भौतिक संरचना निर्माण गरिएको छ ।

    यस मन्दिरमा पूजा–आराधना गरेमा मनोकामना पूरा हुने, सुख–शान्ति समृद्धि छाउने धार्मिक विश्वास रहेको स्थानीयहरु बताउँछन् ।
    उच्चोे ठाउँमा रहेको यस मन्दिरबाट विभिन्न हिमऋङ्खलाहरुका साथै विभिन्न प्राकृतिक सौन्दर्यको दृश्यवलोकन गर्न सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस