२०८३ आश्विन २९, बिहिबार | Thu, 15, Oct, 2026

‘द भ्वाइस अफ नेपाल’मा लमजुङ सुन्दरबजारका अमित रसाइलीको ‘ब्याटल राउण्ड’को यात्रा तय !

  • २०८० आश्विन २८, आईतबार मा प्रकाशित ३ साल अघि
  • लमजुङ–सुप्रसिद्ध अन्तर्राष्ट्रिय गायन रियालिटी शो को नेपाल संस्करण ‘द भ्वाइस अफ नेपालको सिजन ५’ मा लमजुङका अमित रसाइलीले ब्याटल राउण्डको यात्रा तय गर्नुभएको छ । ‘द भ्वाइस अफ नेपाल’ सिजन ५ को ‘ब्लाइण्ड अडिसन’ पार गरेसंगै उहाँले ‘ब्याटल राउण्ड’को यात्रा तय गर्नुभएको हो ।

    लमजुङ सुन्दरबजार नगरपालिका–७ तल्लो बजार घर भइ हाल चितवनस्थित कृषि तथा वन विज्ञान अध्ययन संस्थानमा बिएस्सी फरेष्ट्री तेश्रो वर्षमा अध्ययनरत रसाइलीले ‘द भ्वाइस अफ नेपाल’को मञ्चमा ‘गाला पुक्क पारी बोलको गीत गाउनुभएको थियो । रसाइलीकोे गायकी मन पराइ अन्तिम समयमा कोच प्रमोद खरेलले ‘चेयर टर्न’ गर्नुभएको थियो । उहाँले कोच प्रमोदको टिमबाट ‘ब्याटल राउण्ड’मा आफ्नो प्रस्तुती दिनुहुनेछ ।


    शैलेष गिरीको शब्द, शर्दुल श्रेष्ठको संगीत र सुजन चापागाइँको आवाजमा रहेको ‘गाला पुक्क पारी’ बोलको गीत गाउँदा कोच प्रमोदले मात्र ‘चेयर टर्न’ गरेतापनि अन्य कोच राजेशपायल राई, उदय सोताङ र मिलन नेवारले पनि सकारात्मक प्रतिक्रिया दिनुभएको थियो ।


    ‘राम्रो सिंगर छोड्नु हुँदैन’ भनेर आफुले ‘चेयर टर्न’ गरेको र अमितको गायकी राम्रो रहेको र अझै राम्रो गर्न सक्ने सम्भावना आफुले देखेको कोच प्रमोदले प्रतिक्रिया व्यक्त गर्नुभयो ।

    सानैदेखी गायनमा रुचि भएका अमितले अब पढाइसंगै सांगीतिक यात्रालाई पनि अघि बढाउने बताउनुभएको छ । ‘म्युजिक मेरो ‘लाइफको पार्ट’ हो । यसलाई अब संगसंगै लैजानेछु,’ २२ वर्षे अमितले भन्नुभयो ।

    सानैदेखी गाउन सुरु गर्नुभएका गायक अमितले लमजुङमा आयोजना गरिएका विभिन्न मेला, उत्सव, महोत्सवमा पनि आफ्नो गायन कला प्रस्तुत गरिसक्नुभएको छ ।

    प्रतिक्रिया दिनुहोस


    ↑