
लमजुङ–ग्लोबल आइएमई बैंक, सुन्दरबजार शाखाले डस्टबिन वितरण गरेको छ । सुन्दरबजार नगरपालिका–६ मिलनचोकमा शाखा कार्यालय रहेको यस बैंकले आज (बिहिबार) एक कार्यक्रमका बीच सहयागेस्वरुप २८ थान डस्टबिन सुन्दरबजार नगरपालिका ६ वडा कार्यालयलाई हस्तान्तरण गरेको हो ।
ग्लोबल आइएमई बैंक सुन्दरबजार शाखाका प्रमुख सन्तोेष भण्डारीले सुन्दरबजार नगरपालिका ६ का वडाअध्यक्ष दिनेशबाबु कोइरालालाई डस्टबिन हस्तान्तरण गर्नुभएको होे ।
शाखाले वातावरण स्वच्छ राख्ने उद्धेश्यका साथ डस्टबिन प्रदान गरेकोमा वडाअध्यक्ष कोेइरालाले खुशी व्यक्त गर्नुभयो ।
प्राप्त डस्टबिनको स्थानीय समुदायले नै संरक्षण र सही सदुपयोग गर्नेपर्नेमा उहाँले जोड दिनुभयो । उहाँका अनुसार फोहोर संकलनका लागि बजारी क्षेत्रको सडक छेउछाउमा डस्टबिन राखिने छ ।
बजारी क्षेत्रमा फोहोर संकलनका साथै वातावरण स्वच्छ राख्न सघाउ पुगोस् भनी बैंकको सामाजिक उतरदायित्वअन्तर्गत वडा कार्यालयलाई २८ थान र सुन्दरबजार नगरपालिका वडा नं ५, ६ र ७ मा रहेका विभिन्न संघसंस्थालाई २० थान गरी ७० लिटर क्षमताकोे ४८ थान प्लाष्टिक डस्टबिन प्रदान गरिएको बैंकका शाखा प्रमुख भण्डारीले बताउनुभयो ।
उहाँका अनुसार सुन्दरबजार नगरपालिका क्षेत्रमा रहेको विद्याज्योति मावि, आदर्श बाल मावि, सुन्दरबजार अस्पताल, लमजुङ कृषि क्याम्पसलाई पनि डस्टबिन वितरण गरिने छ ।
जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख प्रतिनिधि, ग्लोबल आइएमई बैंक सुन्दरबजार शाखाका कर्मचारीका साथै स्थानीयको उपस्थिती रहेको डस्टबिन हस्तान्तरण कार्यक्रमको सहजीकरण सुन्दरबजार युवा क्लवका अध्यक्ष राजकुमार केसीले गर्नुभएको हो ।

काठमाडौँ कमलादीमा मुख्य कार्यालय रहेको ग्लोबल आइएमई बैंकको देशभर तीन सय पचास शाखा कार्यालय रहेका छन् । बैंकले देशका विभिन्न तीन सय ६८ ठाउँबाट एटिएम सेवा प्रदान गर्दै आएको छ । हरेक क्षेत्रमा लगानी गर्दै आएको यस बैंकले सामाजिक सेवाका क्षेत्रमा पनि निरन्तर जुटिरेहेको छ ।
प्रतिक्रिया दिनुहोस