
लमजुङ–राजशान्ति फाण्डेसनकोे प्रस्तुतीमा ‘सुन्दरबजार कटेसी कुन्छा’ बोलको गीत म्युजिक भिडियोसहित बजारमा आउँदै छ ।
विवेक धितालको लय\शब्द रहेको यस गीतमा उहाँसंगै गायिका रेजिना परियारले आवाज भर्नुभएको छ । चर्चित संगीतकार बिबि अनुरागीको संगीतमा तयार पारिएको यस गीतको रेकर्डिङ\मिक्सिङ श्यामश्वेत रसाइलीले गर्नुभएको हो ।
यस गीतको म्युजिक भिडियो लमजुङका विभिन्न रमणीय ठाउँमा पुगी छायांकन गरिएको छ ।

गीतको भावाई केन्द्रमा राखेर लमजुङको सुन्दरबजार, भोटेओडार, पाउँदी, गाइखुरे झरना, घलेगाउँ, भुजुङ लगायतका पर्यटकीय एवं रमणीय ठाउँहरुमा ‘शुटिङ’ गरिएको म्युजिक भिडियोका निर्देशक उमेश गुरुङले बताउनुभयो । ‘गीतकोे भावअनुसार नै लमजुङको विभिन्न गाउँठाउँमा पुगी भिडियो छायांकन गरिएको छ । छायांकनको काम सकिएको छ,’ उहाँले भन्नुभयो ।

म्युजिक भिडियोमा आनन्द गुरुङ, उत्साह घिमिरे र अनुष्का भण्डारी लगायतका कलाकार ‘फिचर्ड’ छन् । भिडियोेमा रोधी संस्कृतिलाई पनि समावेश गरिएको छ । म्युजिक भिडियोको छायांकन शम्भु चालिसेले गर्नुभएको हो । भिडियोको सम्पादन भने उमेश गुरुङले गर्नुहुनेछ ।
गीतका शब्दमा लमजुङका विभिन्न ठाउँ समावेश छ । सिंगो लमजुङको प्रचार–प्रसार गरी यहाँको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुर्याउने उद्धेश्यले यस गीत तयार पारिएको गीतका प्रस्तुतकर्ता राजशान्ति फाण्डेसनका संस्थापक राजकुमार सुनारले बताउनुभयो ।
गीतलाई दशैँ अगावै बजारमा ल्याउने तयारी भइरहेको छ । गीतकोे अडियो र भिडियोको दुवै काम राम्रो भएकाले रिलिजपश्चात् गीतलाई दर्शक\श्रोताले रुचाउनेमा आफुहरु विश्वस्त रहेको निर्देशक गुरुङले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस