२०८३ भाद्र १६, मंगलबार | Tue, 01, Sep, 2026

लमजुङमा एक महिने ड्राईभिङ तालिम सञ्चालन : युवालाई स्वरोजगार बनाउने उद्धेश्य

  • २०८० आश्विन १६, मंगलबार मा प्रकाशित २ साल अघि
  • लमजुङ-पर्यटन तथा साना उद्योग कार्यालय लमजुङले एक महिने ड्राईभिङ तालिम सञ्चालन गरेको छ ।

    आर्थिक अवस्था कमजोर रहेका बेरोजगार युवालाई सीप सिकाइ घरगाउँमै स्वरोजगार बनाइ आय–आर्जनमा वृद्धि गराउने उद्धेश्यका साथ यस सीपमुलक तालिम आजबाट सुरु गरिएको पर्यटन तथा साना उद्योग कार्यालय लमजुङका प्रमुख मिताकुमारी थापाले जानकारी दिनुभयो ।

    तालिमका लागि जिल्लाभरबाट ८५ जना युवाहरुले फर्म भरेका थिए । तीमध्ये छनौटमा परेका २० जना युवा तालिममा सहभागी छन् ।
    तालिमपश्चात् तालिमबाट लिएका ज्ञान, सीपलाई व्यवहारमा उतार्न सहभागीहरुलाई उहाँले आग्रह गर्नुभयो ।

    सहभागीलाई बेसीशहर नगरपालिका ८ सेरास्थित कालिका ड्राईभिङ सेन्टरका कर्मचारीहरुले प्रशिक्षण दिने छन् ।

    प्रशिक्षक प्रज्वल विक लगायत प्रशिक्षार्थीहरुको सहभागिता रहेको औपचारिक कार्यक्रमको सञ्चालन कार्यालयका लेखापाल ख्यामप्रसाद न्यौपानेले गर्नुभएको हो ।

    प्रतिक्रिया दिनुहोस