
लमजुङ–‘मोडलिङ’ यात्रामा अघि बढिरहनुभएको छ, लमजुङ सुन्दरबजार नगरपालिका–७ की रिना गुरुङ । सानैदेखी अभिनयमा रुचि राख्ने उहाँ अहिले नेपाली गीत–संगीतकोे म्युजिक भिडियोमा अभिनय गर्न व्यस्त हुनुहुन्छ ।
उहाँले थुप्रै लोक गीतकोे म्युजिक भिडियोमा अभिनय गरिसक्नुभएको छ । उहाँले खेलेका म्युजिक भिडियोलाई दर्शक–श्रोताले रुचाएका छन् ।
उहाँले दुःख टर्या छैन, चोखो माया, गैरी गाउँकी साइँली, माया ठाडो भाका, करिमै खोटो छ, चुलठी नबाट लगायतका थुप्रै लोकप्रिय गीतमा आफ्नो अभिनय कौशल देखाइसक्नुभएको छ ।
‘सानैबाट अभिनयमा रुचि थियो । अभिनय यात्रामा निरन्तर लागिरहेको छु । सबैको साथ, सहयोग माया मिलिरहेकै छ,’ मोडल रिनाले भन्नुभयो ।

यस्तै, हालै राष्ट्रिय नाचघर जमल, काठमाडौँमा सम्पन्न ‘आठौँ राष्ट्रिय लोकदोहोरी अवार्ड २०८०’बाट पनि मोडल रिना सम्मानित हुनुभएको छ ।
श्री बागेश्वरी खड्का हाउजिङ डेभलपर्सले प्रस्तुत गरेको ‘आठौँ लोक दोहारी अवार्ड २०८०’को सर्वोत्कृष्ट अभिनयतर्फ उहाँ सम्मानित हुनुभएको हो ।

उत्कृष्ट पाँच गीतमध्ये ‘दुःख टर्या छैन’ बोलको गीतबाट उहाँले सर्वोत्कृष्ट अभिनयतर्फको अवार्ड हात पार्नुभएको होे । रिनाको अभिनय रहेको यस गीतमा खेम सेञ्चुरी र सुनिता बुढाले श्वर भर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस