
लमजुङ–लमजुङको राइनास नगरपालिका–६ ढुंगेकोल खेलमैदानमा ऐतिहासिक राइनास नगरपालिकास्तरीय प्रथम योग शिविर सञ्चालन हुने भएको छ । समुदायमा योगको महत्वबारे जानकारी गराउने उद्धेश्यले राइनासमा योग शिविर सञ्चालन गर्न लागिएको हो ।
राइनास नगरपालिका, आयुर्वेद शाखाको आयोजना, राइनास नगरपालिका वडा नं ६ को व्यवस्थापन र पतञ्जली योग पिठ नेपालको सहजीकरणमा योग शिविर सञ्चालन हुने भएको राइनास नगरपालिकाका कार्यपालिका सदस्य स्वचना लौडारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पतञ्जली योग पीठका केन्द्रीय प्रभारीहरुको उपस्थितीमा यही असोज ८ गते देखी १२ गतेसम्म योग शिविर सञ्चालन हुनेछ । शिविर बिहान ५ बजेदेखी ७ बजेसम्म सञ्चालन हुनेछ ।
योग शिविरमा उपस्थित हुन सबैमा आयुर्वेद शाखा, राइनास नगरपालिकाले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस