२०८३ अषाढ ३२, बिहिबार | Thu, 16, Jul, 2026

मनकारी खिला बा : राइनासमा ‘बिपी स्मृति भवन’ निर्माणका निःशुल्क जग्गादान गर्ने प्रतिवद्धता

  • २०८० आश्विन ३, बुधबार मा प्रकाशित २ साल अघि
  • लमजुङ-नेपाली कांग्रेसका अग्रज व्यक्तित्व खिला शर्मा अधिकारीले ‘बिपी स्मृति भवन’ निर्माणका लागि ६ आना जग्गादान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

    लमजुङको राइनास नगरपालिका–५, तीनपिप्ले निवासी कांग्रेसका अग्रज, समाजसेवी खिला शर्मा अधिकारीले तीनपिप्लेमा ‘बिपी स्मृति भवन, नेपाली कांग्रेस नगर कार्य समिति, राइनास’को भवन निर्माणका लागि ६ आना जग्गा निःशुल्क प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।पारिवारिक सहमतिमा ‘बिपी स्मृति भवन’ निर्माणका लागि जग्गा उपलब्ध गराउने निर्णय भएको र छिट्टै जग्गा पास गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।


    प्राविधिकहरुको साथमा नेपाली कांग्रेस लमजुङका सभापति एवं गण्डकी प्रदेश सभा सदस्य डाक्टर टकराज गुरुङ, नेपाली कांग्रेस लमजुङका पूर्व सभापति तुल्सीनारायण श्रेष्ठ, नेपाली कांग्रेस जिल्ला कार्य समिति, लमजुङका सदस्य राजकुमार पाण्डे, राइनास नगरपालिका वडा नं ६ का वडाअध्यक्ष गोविन्द चिलवाल सहितको एक टोली जग्गा अवलोकनका लागि बुधबार तीनपिप्ले पुगेको थियो ।


    जग्गादान गर्ने प्रतविद्धता व्यक्त गर्नुभएका खिला शर्मा अधिकारीसंगै उहाँका ज्येष्ठ सुपुत्र धर्म अधिकारीसंगै पार्टीका नेता, कार्यकर्ता शुभेच्छुकहरुकोे पनि उपस्थिति रहेको थियो । बिपी स्मृति भवन निर्माणका लागि जग्गा दान गर्ने प्रतिवद्धता मिलेकोमा सिंगो अधिकारी परिवारप्रति नेपाली कांग्रेस लमजुङका सभापति एवं गण्डकी प्रदेश सभा सदस्य डाक्टर टकराज गुरुङले कृतज्ञता व्यक्त गर्नुभयो ।
    बिपी स्मृति भवन निर्माण कार्य सम्पन्न भएपश्चात् पार्टीका साथै सामाजिक गतिविधि सञ्चालनमा सहज हुने डाक्टर गुरुङले विश्वास व्यक्त गर्नुभयो ।


    यस्तै, बिपी स्मृति भवन निर्माणका लागि निःशुल्क जग्गा दान गर्ने प्रतिवद्धता व्यक्त गर्नु आफैँमा उदाहरणीय र प्रशंसनीय कार्य रहेको नेपाली कांग्रेस लमजुङका पूर्व पार्टी सभापति तुुल्सीनारायण श्रेष्ठले उल्लेख गर्नुभयो ।

    जग्गादाता अग्रज व्यक्तित्व खिला शर्मा अधिकारी नयाँ पुस्ताका लागि पनि प्रेरणाको श्रोत रहनुभएको बताउनुभयो । जग्गा प्राप्ति भएसंगै निकट भविष्यमै बिपी स्मृृति भवन निर्माण कार्य अघि बढ्ने कांग्रेसले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस