
लमजुङ-नेपाली गीत–संगीतमा निरन्तर क्रियाशिल लोकप्रिय गायिका दीपा पन्तको ‘छम्म छम्म’ बोलको नयाँ तीज गीत सार्वजनिक भएको छ । रविन्द्र लामिछानेको शब्द, भुषण खतिवडाको म्युजिक\ एरेञ्ज रहेको ‘छम्म छम्म’ गीतमा गायिका दीपा पन्तले आफ्नो सुमधुर श्वर भर्नुभएको छ ।
‘भुषण खतिवडा’ नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतलाई दर्शक\श्रोताले रुचाएका छन् । गायिका पन्तको यस तीज गीतमा मौलिक संस्कृतिलाई अगाँल्दै तीजलाई भड्किलो, खर्चिलो रुपमा नभइ सभ्य, सामान्य रुपमा मनाउनुपर्ने भाव, सन्देश रहेको छ ।
प्रतिक्रिया दिनुहोस