
काठमाण्डौ–अहिले देशभरको मौसम सफा छ । तर बिस्तारै बादल लाग्ने र बदली हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार मौसम आंशिकदेखि सामान्य बदली रहनेछ ।
लुम्बिनी, कर्णाली र सुदूर–पश्चिम प्रदेशसहित बाग्मती र गण्डकी प्रदेशका पहाडी केही ठाउँमा दिउँसो हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज तीज तथा विश्वकर्मा पुजा भएकाले मन्दिर पुग्ने र नाचगान गर्न भेला हुनेहरुलाई छाता तथा ओत बोक्न पनि मौसमविद्को सुझाव छ ।
प्रतिक्रिया दिनुहोस