
काठमाण्डौ–देशका धेरै ठाउँमा बिहानैदेखि पानी परिरहेको छ । मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज दिनभरजसो देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
यस्तै, राति कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो वर्षाको अनुमान छ । बंगालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभावले पानी परेको हो । यो प्रणालीको प्रभाव पश्चिमी क्षेत्रको तुलनामा पूर्व र मध्य क्षेत्रमा धेरै पर्ने मौसमविद् अधिकारीले बताउनुभयो । उहाँका अनुसार आज मध्य र पूर्वी क्षेत्रमा धेरै पानी पर्ने अनुमान छ ।
भोलि पनि धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ । पानी परेका क्षेत्रमा बाढी पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।
प्रतिक्रिया दिनुहोस