
समिता अधिकारी पौडेल
लमजुङ–लमजुङको सुन्दरबजार नगरपालिका–६ मा रहेको अन्नपूर्णस्थान संरक्षण समितिको अध्यक्षमा श्यामका घिमिरे रेग्मी चयन हुनुभएको छ ।
अन्नपूर्णस्थान संरक्षण समितिको चौथो साधारण सभा तथा तेश्रो अधिवेशनले रेग्मीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्य समिति चयन गरेको होे । समितिको उपाध्यक्षमा ध्रुवराज रेग्मी, सचिवमा बिमला रेग्मी पौडेल, कोषाध्यक्षमा सुरेन्द्र घिमिरे र सदस्यहरुमा उदयराज पौडेल, कृष्ण बहादुर गिरी, गिता रेग्मी, ज्ञानेन्द्र पौडेल, सूर्यकान्त ढकाल निर्विरोध रुपमा चयन हुनुभएको हो ।
सबैसंग सहकार्य, समन्वय गरी मन्दिरको संरक्षण, संवद्र्धन प्रचार–प्रसारमा आफुहरु निरन्तर जुटिरहने समितिका नवनिर्वाचित अध्यक्ष रेग्मीले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
अन्नपूर्णस्थान संरक्षण समितिको चौथो साधारण सभा तथा तेस्रो अधिवेशन समितिका अध्यक्ष देवेन्द्र पौडेलको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा सुन्दरबजार नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद कोइरालाको प्रमुख आतिथ्यता रहेकोे थियो । कार्यक्रममा सुन्दरबजार नगरपालिका–६ का वडाअध्यक्ष दिनेशबाबु कोइराला विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै उहाँहरुले ऐतिहासिक एवं धार्मिक महत्वको अन्नपूर्ण मन्दिरको समग्र पक्षको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
समितिका उपाध्यक्ष प्रकाशचन्द्र कोइरालाले स्वागत गर्नुभएको कार्यक्रममा पुरानोडिहि टोल विकास संस्थाका अध्यक्ष रश्मी पौडेल, अन्नपूर्ण कृषक समुहका अध्यक्ष बिमला पौडेल, पुरानोडिहि खानेपानी तथा सरसफाइ समितिको कोषाध्यक्ष अप्सरा बोहरा लगायत संस्थाका चन्दादाता, आजीवन सदस्यहरुको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण समितिका सचिव सुरेन्द्र पौडेलले गर्नुभएको हो ।
कार्यक्रमकै अवसरमा संस्थागत रुपमा अन्नपूर्ण मन्दिर परिसरमा संरचना निर्माण गर्न, सामाजिक, धार्मिक र वातावरणीय गतिविधि संचालन गर्न, आर्थिक सहयोग गर्ने सुन्दरबजार बहुउद्देश्यीय सहकारी संस्था, पुरानोडिहि खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, पुरानोडिही टोल विकास समिति, अन्नपूर्ण कृषक समूहहरुलाई कदरपत्र प्रदान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस