नेपाली कांग्रेस लमजुङका सभापति एवं गण्डकी प्रदेश सभा सदस्य डाक्टर टकराज गुरुङको विशेष पहलमा राइनास नगरपालिकामा ‘एकीकृत शहरी पूर्वाधार विकास कार्यक्रम’ सञ्चालन हुने भएको छ ।
शहरी विकास मन्त्रालयबाट राइनास नगरपालिकामा २० करोड रुपैयाँ बराबरको राइनास नगरपालिकामा एकीकृत शहरी पूर्वाधार विकास कार्यक्रम सञ्चालन हुने भएको हो ।
मन्त्रालयबाट विनियोजित सो बजेटबाट ७० प्रतिशत सडक पूर्वाधार र ३० प्रतिशत आयमूलक क्षेत्रमा खर्च हुने नेपाली कांग्रेस लमजुङका सभापति एवं गण्डकी प्रदेश सभा सदस्य डाक्टर गुरुङले जानकारी दिनुभयो ।
डाक्टर गुरुङका अनुसार यस कार्यक्रमअन्तर्गत ‘हर्राबोट बगुवा सालघारी राम्चे मोहोरियाकोट राइनासकोट कोकेगाउँ हुँदै प्यारजुङ सडकखण्ड’को स्तरोन्नती गरिनेछ ।
यस कार्यक्रमबाट राइनास नगरक्षेत्रको विकासमा टेवा पुग्ने डाक्टर गुरुङले बताउनुभयो । ‘मन्त्रालबाट विनियोजित बजेटबाट ७० प्रतिशत सडक पूर्वाधार र बाँकी ३० प्रतिशत आयमुलक क्षेत्रमा खर्च हुनेछ । यसले नागरिकको जनजीविकामा सहजता ल्याउनेछ । नगरक्षेत्रको मुहार फेरिनेछ,’ डाक्टर गुरुङले भन्नुभयो ।
‘राइनासमा एकीकृत शहरी पूर्वाधार विकास कार्यक्रम’अन्तर्गत यस सडक स्तरोन्नती गर्नका लागि प्रारम्भिक रुपमा डिपिआरका लागि निरीक्षण र छलफल गरिएकोे शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाइ कास्कीका इञ्जिनियर आचार्यले बताउनुभयो ।
‘डिपिआरका लागि ‘कन्सलटेन्ट हायर’ भइसकेको अवस्था छ । सम्भवत : शुक्रबारबाट सर्भे डिजाइन लगायतका कार्य अघि बढ्नेछ,’ उहाँले भन्नुभयो ।
यस कार्यक्रल सञ्चालनपश्चात समग्र राइनास क्षेत्रको भौतिक विकासका साथै स्थानीयको आय–आर्जनमा टेवा पुग्ने राइनास नगरपालिकाका नगरप्रमुख खड्गबहादुर गुरुङले उल्लेख गर्नुभयो ।
राइनास नगरपालिका क्षेमा यस कार्यक्रम सञ्चालन हुनु निकै सराहनीय रहेको बताउँदै यस सडक स्तरोन्न्तीपश्चात् पूर्वी लमजुङको दक्षिणी भेगका आम नागरिकको जनजीवनमा सकारात्मक प्रभाव पार्नुका साथै मध्यपहाडीसंग जोडिएकाले विकासका अन्य सम्भावनाका द्धारहरु पनि खुल्ने स्थानीय एवं सर्वोदय सेवा आश्रमका संस्थापक अध्यक्ष कृष्णराज ओलियाले बताउनुभयो ।
यस सडकखण्डको (स्तरोन्नती) डिपिआरको लागि प्रारम्भिक रुपमा मंगलबार निरीक्षण तथा सरोकारवालासंग छलफल समेत गरिएको छ ।

डाक्टर टकराज गुरुङसंगै जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्णबहादुर गुरुङ, राइनास नगरपालिकाका नगरप्रमुख खड्गबहादुर गुरुङ, शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाइ कास्कीका इञ्जिनियर गोपीचन्द्र आचार्य, सब–इञ्जिनियर सागर पोखरेल, राइनास नगरपालिका ९ का वडाअध्यक्ष लुविन्द्र गुरुङ, राइनास नगरपालिका १० का वडाअध्यक्ष लक्ष्मण गुरुङ र नगरपालिकाका प्राविधिकहरुसहितकोे टोलीले यस सडकखण्ड (स्तरोन्नती) डिपिआरको लागि प्रारम्भिक रुपमा निरीक्षण तथा सरोकारवालासंग छलफल गरेको नगरप्रमुख गुरुङका स्वकीय सचिव बालसिंह गुरुङले जानकारी दिनुभयो ।

एक दशक बढी समयदेखी रेडियो, टेलिभिजन र अनलाइन पत्रकारितामा निरन्तर क्रियाशिल श्यामशितल समुन्नति अनलाइनका लागि प्रधान सम्पादक हुनुहुन्छ ।
लेखकबाट थप
प्रतिक्रिया दिनुहोस