२०८३ अषाढ ३२, बिहिबार | Thu, 16, Jul, 2026

लमजुङमा कृषि ज्ञान केन्द्रको आयोजनामा ‘कृषि तीज गीत प्रतियोगिता’ हुँदै : कृषि व्यवसाय प्रवद्र्धन गर्ने उद्धेश्य

  • २०८० भाद्र ४, सोमबार मा प्रकाशित २ साल अघि
  • लमजुङ-लमजुङमा जिल्लास्तरीय ‘कृषि तीज गीत प्रतियोगिता’ संचालन हुने भएको छ । हरितालिका तीजको अवसरमा कृषि ज्ञान केन्द्र लमजुङले यही भदौ १२ गते जिल्लास्तरीय ‘कृषि तीज गीत प्रतियोगिता’ सञ्चालन गर्न लागेको होे ।
    ‘कृषि तीज गीत प्रतियोगिता’ बेसीशहरस्थित जिल्ला समन्वय समितिको सभाहलमा संचालन हुनेछ । गीतको माध्यमबाट कृषि प्रसार तथा कृषि व्यवसाय प्रवद्र्धन गर्ने उद्धेश्यका जिल्लास्तरीय ‘कृषि तीज गीत प्रतियोगिता’ सञ्चालन गर्न लागिएको कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदीप खतिवडाले जानकारी दिनुभयो ।
    उहाँका अनुसार केन्द्रले प्रत्येक पालिकाबाट एक टिम छनौट गरी प्रतियोगितामा सहभागिताका लागि टिम पठाइदिन सबै पालिकालाई अनुरोध समेत गरेको छ । यस्तै, प्रतियोगिता टिम निर्माण गर्दा सम्वन्धित पालिकामा कृषि कार्यमा सक्रिय रहेको कृृषक समूह वा कृषि सहकारी संस्था हुनुपर्ने, कृषक पाठशालामा आवद्ध वा सञ्चालन गर्दै आएको समूह वा सहकारी हुनुपर्ने प्रटि टिममा बढिमा सात जना सहभागी हुनुपर्ने र लोकलयमा आधारित कृषिका विषयवस्तु बोकेका तीज गीत हुनुपर्ने केन्द्रले जनाएको छ ।
    जिल्ला स्तरीय प्रतियोगिताबाट प्रथम हुने टिमलाई भदौ २३ गते पोखरामा सञ्चालन हुने प्रदेश स्तरीय प्रतियोगितामा पठाइने कृषि ज्ञान केन्द्र लमजुुङका प्राविधिक सहायक समिक्षा सेढाईँले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस