२०८३ भाद्र १७, बुधबार | Wed, 02, Sep, 2026

लमजुङको राइनास कटहरबारीमा जीप दुर्घटना : ९ जना घाइते

  • २०८० श्रावण २७, शनिबार मा प्रकाशित ३ साल अघि
  • लमजुङको राइनास नगरपालिका–८ कटहरबारीको घुम्ती जोगीडाँडामा जीप दुर्घटना भएको छ । राइनास नगरपालिका–१० प्यारजुङबाट सुन्दरबजार नगरपालिका–९ भोटेओडार आउँदै गरेको ग १ ज ६३६९ नम्बरको यात्रुवहाक जीप शनिबार बिहान पौने ११ बजे दुर्घटना हुँदा ९ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय, लमजुङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी जगदीश रेग्मीले जानकारी दिनुभयो ।


    प्रहरी निरीक्षक रेग्मीका अनुसार घाइतेमध्येका चालक सुन्दरबजार नगरपालिका–९ भोटेओडारका ३० वर्षे पुरन गुरुङलाई थप उपचारका लागि चितवन रिफर गरिएको छ । घाइते गुरुङको दायाँ हातमा चोट लागेको छ । बाँकी ८ जनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक रेग्मीले बताउनुभयो ।
    घाइतेहरुलाई स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरी उपचारका लागि स्थानीय भोटेओडार हस्पिटलमा लगिएको उहाँले बताउनुभयो ।
     तस्वीर : स्थानीय प्रदीपजंग गुरुङको फेसबुकबाट

    प्रतिक्रिया दिनुहोस