२०८२ चैत्र १९, बिहिबार | Thu, 02, Apr, 2026

‘आबाट आमा’ को मर्मस्पर्शी ट्रेलर : बहुरुपी प्रेम र आध्यात्मिक सन्देशको कथा

  • २०८२ माघ ७, बुधबार मा प्रकाशित २ महिना अघि
  • फिल्म ‘आबाट आमा’ को ट्रेलर मुख्यतः तीन कथावस्तुबाट प्रेरित छ । पहिलो (मुख्य पात्र कृष्णको विदेशिन बाध्य परिस्थिती । दोस्रो( त्रिकोणात्मक प्रेम र बदला । तेस्रो (सन्तान र अभिभावकबीचको मर्मस्पर्शी सम्बन्ध ।

    यसबाहेक, ट्रेलर हेर्दा निर्देशक चन्द्र पन्तले यसलाई आध्यात्मिक र पौराणिक ‘टच’ दिने प्रयास गरेका छन् । कृष्ण पात्रमार्फत निर्देशकले महाभारतको आयाम, पात्र र तिनको प्रवृत्तिलाई जोड्ने प्रयास गरेका छन् ।

    शीर्ष पात्र कृष्णको भूमिकामा पल शाहले अभिनय गरेका छन् । प्रदीप रावत र विपना थापा आमाबुबाको भूमिकामा छन् । उषा उप्रेती ‘लभ इन्ट्रेस्ट’ र सिम्रन पन्त कृष्णलाई रुचाउने तर नपाएपछि बदला लिने भूमिकामा छिन् ।

    समग्रमा ट्रेलरले कथावस्तुबारे संक्षिप्त प्रकाश पार्छ । यसअघि ‘ह्रस्व दीर्घ’ निर्देशन गरेका पन्तले ‘आबाट आमा’ मा पनि कतिपय स्वादलार्ई दोहोर्‍याउने प्रयास गरेको देख्न सकिन्छ ।

    प्रकाश कुवँर, ध्रुव न्यौपाने, क्षितिज ढुंगानाको लगानी रहेको फिल्म १६ माघमा प्रदर्शन तयारीमा छ ।

    प्रतिक्रिया दिनुहोस