
लमजुङ–प्रतिनिधि सभा निर्वाचनमा लमजुङबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार धर्मराज केसी निर्वाचित हुनुभएको छ ।
लमजुङ सुन्दरबजार नगरपालिका–६ का केसीे ३३ हजार ८ सय ९८ मतसहित निर्वाचित हुनुभएको हो ।
यस्तै, उहाँका प्रतिष्पर्धी एमालेका पृथ्वीसुब्बा गुरुङले १६ हजार ८ सय ७६ मत र नेपाली कांग्रेसका गमप्रसाद गुरूङले १६ हजार ५ सय ६९ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ ।
जिल्लामा उहाँहरुसति १२ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्थ्यो ।
निर्वाचित भएसंगै धर्मराज केसीले मतदातालाई धन्यवाद ज्ञापन गर्दै लमजुङको विकास र समुन्नतिका क्षेत्रमा काम गर्ने उल्लेख गर्नुभयो ।
एक मात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा कुल ७५ हजार ४ सय ६० मत खसेको थियो । जसमध्ये ७३ हजार १० मत सदर भएको थियो ।
प्रतिक्रिया दिनुहोस