२०८२ चैत्र १९, बिहिबार | Thu, 02, Apr, 2026

विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ : यात्रा, संघर्ष र सपनाका कुरा समावेश

  • २०८२ माघ ८, बिहिबार मा प्रकाशित २ महिना अघि
  • पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको छ । सुर्खेतदेखि अमेरिकासम्मको यात्रा, संघर्ष र सपनाको गन्तव्य पछ्याउन प्रेरित गर्ने उनको नियात्रा तथा स्मृतिसंग्रह ‘घाटगाउँ’ मंगलबार विमोचन भएको हो ।

    काठमाडौंको चियासागरमा पत्रकार तथा लेखक विवेकले आफ्ना साथी तथा पूर्वसहकर्मीका साथमा ‘घाटगाउँ’ पुस्तक सार्वजनिक गरेका हुन् । सुर्खेतको चौकुने गाउँपालिका-९ घाटगाउँमा जन्मिएका उनले अध्ययन तथा संघर्ष गर्दै अमेरिकासम्मको यात्रा तय गरेपछि आफ्नै मातृभूमिको नाममा ‘घाटगाउँ’ पूस्तक लेखेका हुन् ।

    पाँचपोखरी प्रकाशन गृहबाट प्रकाशित घाटगाउँ पुस्तकमा उनले आफ्नो स्कुले जीवन, उच्च शिक्षा पढ्दाको संघर्ष, रेडियो तथा अनलाइन पत्रकारिताको उतारचढावसँगै पछिल्लो समय पर्यटन अभियानमा होमिदाका आफ्ना चुनौतीपूर्ण भोगाइ समेटेका छन् ।

    पुस्तक बिक्रीबाट आएको सम्पूर्ण रकम आफ्नै गाउँको सरस्वती माध्यामिक विद्यालयमा पूस्तकालय निर्माणमा खर्च गर्ने पनि उनले बताए । यसका लागि स्कुलमा पनि घाटगाउँ पुस्तक सार्वजनिक गरिएको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस